Skip links

Preparedness During the Lockdown Period for COVID-19 Pandemic in Nepal

Description
Donate Us

SUMMARY NEPALI

डिजिटल संवाद १.० कार्यक्रमको सातौं श्रिङ्खला मिति २०७७/०१/२७ गते शनिबारको दिन “Preparedness during the lockdown period for COVID-19 pandemic in Nepal” विषयमा रहेर पूर्वमन्त्री गणेश शाह, प्रमुख स्रोत व्यक्तिहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एमडी, डीएम, आपतकालीन चिकित्सक र सहयोगी प्रोफेसर, डा. रमेश कुमार महर्जन, काठमाडौं मोडेल अस्पतालका वरिष्ठ सल्लाहकार सर्जन डा. उदय कोइराला, जनरल सर्जरी (एनएएमएस) का प्रोफेसर र काठमाडौं मोडेल अस्पतालका वरिष्ठ सल्लाहकार सर्जन डा. सरोज धिताल, MD-FRCP, Nepal का. प्रा डा. अनिल झा, Health at Homeका संस्थापक  डा. विशाल ढकाल, आन्तरिक चिकित्सा र संक्रामक रोग, HAMS अस्पतालका वरिष्ठ सल्लाहकार अनूप सुबेदी, सामुदायिक चिकित्सा विभाग, काठमाडौं मेडिकल कलेजका प्राध्यापक र प्रमुख डा. सुनील कुमार जोशी, मेडिफ्लो प्रणाली र सेवाका सिओ, स्वास्थ्य कन्सर्न तथा निर्देशक र स्वास्थ्य खबरपत्रिकाका मेडिकल सम्पादक डा. सुभाष प्याकुरेल, मनोविज्ञ पदम राज जोशी र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि लगायतको उपस्थीतिमा संवाद सम्पन्न गरियो ।

कार्यक्रममा ICT विज्ञ हेमपाल श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । नेपालको context मा COVID-19 को लागि के कस्ता कार्यहरु भइरहेको छ ?  Preparedness को लागि के कस्ता आवश्याकताहरु छन् ? Future course of action के हुन सक्दछ ? COVID र preparedness को समाधानको लागि digital प्रविधि र health care sector हरुले कसरि instrumentalization हुन सक्दछ ? भन्ने जस्ता प्रस्नहरुमा छलफल संचलन गरिएको थियो ।

कार्यक्रममा प्रमुख स्रोत व्यक्ति डा. रमेश कुमार महर्जनले “The status and response of COVID-19 in Nepal” भन्ने विषयमा प्रस्तुतीकरण दिनुभयो । महर्जनले COVID-19 कसरि र कत्तिको चाडो सर्छ भन्ने डाटा प्रस्तुत गर्नु भयो । Nepal COVID-19 Surveillance System को निर्माण, app ले गर्न सक्ने काम र गरिरहेका activities हरुका बारेमा पनि सबैमाझ जानकारी गराउनु भयो ।

वहाले lockdown खोल्न नहुने र खोलिहाले पनि विभिन्न तयारीहरु गरेर मात्र खोल्नु पर्ने सुझाव दिदै वहाले tracking र tracing को कुरा महत्वपूर्ण रुपमा उठाउनु भएको थियो । समग्रमा अहिलेको समस्या हुदा हुदै हामी कसरी सुरक्षीत हुन सक्छौ भन्ने कुरा आफ्नो प्रस्तुतिबाट प्रष्ट पर्नु भयो  । “पहिला आफुलाई मा के गर्दै छु र म के गर्दै छु भनेर छातीमा हातराखेर हामी काम गरौ, सबैजना मिलीगरौ, एस्लाई हामी पराकाष्टगर्न सक्छौ” महर्जनले बताउनु भयो ।

प्रमुख स्रोत व्यक्ति डा. उदय कोइरालाले कार्यक्रममा “Preparation during the lockdown period” भन्ने विषयमा  प्रस्तुतीकरण दिदै वहाले देशमा lockdown गर्नु भन्दा पनि virus लाईनै lockdown गर्नु पर्ने विचार राख्नु भयो । आफ्नो प्रस्तुतीमा वहाले विश्वव्यापी रुपमा के भैरहेको छ, virus फैलियो भने के गर्ने र पोष्ट कोभिडको झलकहरु साथै timeline प्रस्तुत गनुभयो । अझै की समय गार्हो हुने भएकाले lifestyles मा नै परिवर्तन ल्याउनु पर्ने भन्दै कोइरालाले अस्पतालमा कम गर्ने डाक्टर र नर्सका लागि मात्र नभई अरु कामदारहरुलाई पनि awareness गराउनुपर्नेमा जोड  दिनुभयो ।

डा. कोइरालाले नेपालमा लाखौ मानिसहरु इंडियाबाट भित्रिरहेको र तिनीहरुको परीक्षण गर्ने सुविधा सरकारले नामिलाएकोमा, COVID-19 का लागि तयारी प्रभावकारी नभएकोमा र समुदायलाई प्रभावकारी रुपमा संग्लग्न गराउन नसकिरहेकोमा गुनासो व्यक्त गर्नुभयो । वहाले कार्यक्रममा विदेशबाट नेपालभित्र छिर्नेसंग communication मा बस्ने, उनीहरुलाई testing को दायरामा ल्याउने र quarantine मा राख्नुपर्नेमा सरकारको ध्यानाकर्न्सन गराउनुभयो । Data परीक्षणको अवश्यकता रहेको र सरकार यसमा चनाखो हुनुपर्ने सुझाव दिनुभयो ।

Scientists हरु research गरि रहेको र अझै पनि यो virus कसरि आयो भन्ने कुराको पत्ता लगाउन नसकिएको प्रस्तुत बेलामा तयारी नगरी lockdown खोलि हाल्नुहुदैन भन्ने सल्लाह डा. सुनिल कुमार जोशी ले दिनुभयो । वहाले पूर्व तयारी हुनुपर्दछ भन्ने कुरालाई जोड दिदै कार्यक्रममा random collection को कुरा पनि share गर्नु भयो ।

अहिले भएको application लाई भरपुर र प्रभावकारी ढंगले प्रयोग गर्नुपर्नेमा जोड डा. सुवास प्याखुरेलले दिनुभयो । स्थानीय निकाय भएकोले data राख्न सजिलो भएता पनि technology को अधिक/प्रवाभकारी प्रयोगले COVID-19 को नियन्त्रणमा अझ प्रवाभकारी भूमिका खेल्न सक्छौ भन्ने भनाइ प्याखुरेलले कार्यक्रममा राख्नु भयो  ।

कार्यक्रममा Australia बाट जोडिदै सुदिप कार्कीले lockdown Australia मा नभएपनि कसरि त्यहाँ control गरिरहेको र technology कसरि प्रयोग गरिरहेको कुराहरुको जानकारी गराउनु भयो । वहाले पनि  testing अनिवार्य र testing नगरिकन नियन्त्रण गर्न सकिदैन भन्ने कुरा गर्दै व्यापक रुपमा testing अगाडी  बढाउनुपर्नेमा जोड दिनु भयो ।

Awareness लै नै महत्व दिनुपर्दछ भन्दै डा. अनिल कुमार झा technology को व्यापक प्रयोग गर्नुपर्ने र दुर्गम क्षेत्रमा पनि technology को पहुच पुर्याउने विचार व्यक्त गर्नुभयो ।

छलफलमा बोल्दै Upendra Raj Dhakal ले देशमा उपलब्ध different technologies, विदेशका  advanced technologies र A.I. जस्ता कुराहरुको  collaboration का लागि सरकारले आग्रह गर्नुपर्ने कुरा राख्नु भयो ।

रामहरी अधिकारी कर्णालीबाट छलफलमा जोडिनुभएको थियो । वहाले स्थानीय सरकारले ठुलो प्रवाभकारी भूमिका खेल्ने भएकाले स्थानीय रुपमा त्यहाँ volunteers, स्वाथ्यकर्मी र technologies प्रयोग गरेर अगाडी बढ्नुपदर्छ भन्ने धराणा राख्दै स्थानीय निकायलाई प्रवाभकारी बनाउन महत्वपूर्ण रहेको सरकारलाई सुझाव दिनुभयो ।

आफुले गरिरहेको research र article को base मा रहेर कार्यक्रममा बोल्दै सचिन घिमिरेले मस्कको जनामनाशमा सचेतना नपुगेको, Sample collection राम्रो सित नभैरहेको र PPE को उपलब्धता पर्याप्त नभएको सरकारप्रति गुनासो व्यक्त गर्नुभयो ।

“हामीलाई रोगसँग लड्ने क्षमता चाहिन्छ । यसको लागि नकारात्मक सोचबाट टाढा रहनुपर्दछ । नकारात्मक सोच र सूचनाले हामीलाई कमजोर बनाउँछ । यसर्थ सकारात्मक सोचाइ राख्दै व्यक्तिगत सरसफाई र सुरक्षामा ध्यान दिँदै हाम्रो देनिकीलाई व्यवस्थित गर्नुपर्दछ । दैनिक कसरत गर्ने, गीत संगीतमा रमाउने, पारिवारिक बैठक बस्ने र छलफल गर्ने बानी बसाल्नु राम्रो हुन्छ । मानसिक अवस्था बिग्रिरहेको र ात्महत्या बढिरहेको कुरालाई पनि ध्यान दिँदै हामीले आफ्ना व्यवहारहरू नियन्त्रण गर्ने र सकारात्मक सोचको विकासमा ध्यान दिऔं”  मनोविज्ञ पदम राज जोशीले कार्यक्रममा बताउनुभयो ।

“Preparedness during the lockdown period for COVID-19 pandemic in Nepal” विषयमा रहेरे भएको डिजिटल संवाद १.० कार्यक्रमको सातौ श्रिङ्खलाबाट तयार पारिएको यस प्रतिवेदनमा कार्यक्रम अगाडि तयार पारिएका कागजात, मूल कार्यक्रममा भएका कार्यहरु लगायत कार्यक्रम पछि निकालिएका हाइलाइट्सहरु जस्ता सम्पूर्ण कुराहरु, समावेश गरिएको छ । कार्यक्रमको अवधारणा, कार्यक्रको रुपरेखा, कार्यक्रममा उपस्थीतिका लागि पठाइएको निमन्त्रणालाई प्रतिवेदनको पहिलो खण्डमा प्रस्तुत गरिएको छ । प्रतिवेदनको दोस्रो खण्डमा कार्यक्रमको सारांश लगायत कार्यक्रममा प्रस्तुत गरिएको प्रस्तुतिकरणको स्लाइडहरु, मूल कार्यक्रमका ब्यानर तथा केही झलकहरु, प्रत्यक्ष प्रसारण भएका पेजहरुका केही झलकहरु, सहभागीहरुबाट आएका प्रश्न लगायत सल्लाह सुझावहरुका साथै कार्यक्रममा बोल्नु भएका वत्ताहरुका मूख्य हाइलाइट्सहरु प्रस्तुत गरिएको छ ।

तेस्रो खण्डमा डिजिटल संवाद १.० कार्यक्रमको सातौ श्रिङ्खलालाई विभिन्न अनलाइन मिडिया तथा पत्रपत्रिकाहरुले गरेको कभरेजका लिङ्क र केही झलकहरु राखिएको छ भने प्रतिवेदनको चौँथो खण्डमा छलफलबाट आएका मूख्य कुराहरुको टिपोट गरिनुका साथै लेख लेखिएको छ । यस कार्यक्रम गर्नका लागि विभिन्न माध्यमबाट लिइएको खोज र विचारहरुका सान्दर्भित स्रोतहरुलाई टिपोट यस प्रतिवेदनको पाँचौ खण्डमा गरिएको छ । यसरी पाँच खण्डमा विभाजन गरी तयार गरिएको यस प्रतिवेदनबाट सम्पूर्ण कार्यक्रमको जानकारी लिन पाठकहरुमाझ आह्वान गरिन्छ ।

MEDIA HIGHLIGHTS

MEDIA HIGHLIGHTS

Download Report

This website uses cookies to improve your web experience.